ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

वीरगन्ज  : वीरगन्ज–८ पानीटंकीस्थित एक सेकुवा पसलबाट प्रहरीले लागुपदार्थ ब्राउन सुगर (खैरो हेरोइन)सहित एक भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जमुना सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको आदापुर निवासी विकास कुमार पटेल  रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

आइतबार बेलुकी जमुना सेकसवा पसलमा खाजा खाइरहेका बेला प्रहरी टोली पुगेर पटेललाई नियन्त्रणमा लिएको र उनको शरिर खानतलासी गर्दौ ४८ ग्राम ब्राउन सुगर बरामद भएको भारतीले बताए ।

ब्राउन सुगरसहित पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.