राष्ट्रपति पौडेलले गरे संसदको चालु अधिवेशन अन्त्य
काठमाडौं : सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको चालु अधिवेशन अन्त्य गरेका हुन्। चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ।
सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि संसद्को चालू अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।’