भारतमा गाँजा पुर्‍याउन प्रयोग गरिएको कार नियन्त्रण, २ जना पक्राउ

भारतमा गाँजा पुर्‍याउन प्रयोग गरिएको कार नियन्त्रण, २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : लागुऔषध गाँजा भारत कटाउन प्रयोग गरिएको एउटा कारलाई प्रहरीले सोमबार बिहान विराटनगरबाट नियन्त्रणमा लिएको छ। 

गाँजा लोड गरेर विराटनगर हुँदै भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई प्रहरीले बिहान ९ बजेतिर नियन्त्रणमा लिएको हो। कार चालकसहित २ जना पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित कारलाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

भारतको जोगवनीतर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध गाँजा भेटिएको उनको भनाइ छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर प्रकाश थापाको नेतृत्वमा खटिएको संयुक्त टोलीले कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। कारमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। 

गाँजा बरामद भएपछि कारसहित चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको डीएसपी बस्नेतको भनाइ छ। कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। 

प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चल्ने छ। इन्सपेक्टर थापा नेतृत्वको टोलीले कानुनी कारबाहीको थप प्रक्रिया अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.