सांसदको प्रश्न : सीमा स्तम्भ बगाउँदा सरकार किन मौन ?

सांसदको प्रश्न : सीमा स्तम्भ बगाउँदा सरकार किन मौन ?
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सीमा स्तम्भहरूको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले हरेक वर्ष बाढीले नेपाल-भारत सीमा छुटयाउने सीमा स्तम्भ बगाउँदा सीमाना छुट्याउन समेत कठिनाइ भएको बताएका हुन्।

उनले यसपाली कैलालीमा रहेका दुईवटा सीमा स्तम्भहरू बाढीले बगाउँदासम्म सरकार मुखदर्शक बनेको आरोप लगाए।  'यही भाद्र २६ देखि २९ गतेसम्म आएको अविरल वर्षाले कैलालीलगायत बर्दिया र कंचनपुर जिल्ला डुवानमा परेको थियो। र डुवानसँगै कैलालीमा रहेको मुख्य र सहायक सीमा स्तम्भ २८२मध्ये २ वटा स्तम्भ बगाएको छ, 'उनले भने,' सीमास्तम्भ बगाउँदा नेपाल सरकार किन मौन ? के भोलि नेपाल देश बगाएर लैजाँदा नेपाल सरकार मुखदर्शक बनेर बस्ने हो ? '

उनले भजनी नगरपालिका -७ मा रहेको ७२१/ ०४ र धनगढी उपमहानगरपालिका- ९ मा ६००/२ नम्बरका सीमा स्तम बाढीले बगाएको र दुईवटामा क्षति पुगेको बताए।

नेपाल- भारतको सीमानाको रुपमा रहेको मोहना नदीको कटानले गर्दा सीमाना छुट्याउन समेत कठिनाइ भएको उनको भनाइ छ। कटानले गर्दा हरेक वर्ष सीमा सम्बन्धित विवाद बढ्दै गएको बताए। सांसद चौधरीले सीमानाका छुट्याउने मुख्य मोहना नदीको भौतिक तटबन्धनका बारेमा भारत सरकारसँग समन्वयन गरी सीमा स्तम्भ सुरक्षित राख्न  माग गरे।

उनले बाढीको जोखिममा रहेका त्यस क्षेत्रका जनतालाई सुरक्षित र व्यवस्थित राख्न सरकारको ध्यानाकर्षण समेत गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.