देशको प्रतिष्ठा तल पार्ने कुनै पनि काम गर्दिनँ : प्रधानमन्त्री ओली

देशको प्रतिष्ठा तल पार्ने कुनै पनि काम गर्दिनँ : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनेक्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पार्ने कुनै पनि काम नगर्ने स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताए। 

उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताए। प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताका लागि राजनीतिक गर्ने तथा आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे।

उनले महासभामा ‘फ्यूचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरको विषयमा सामान्य छलफल गर्दा अनावश्यक टिप्पणी भएको जिकिर गरे।

त्यस्तै उनले पाँचथरमा दुई बालबालिकको निधन भएको घटनामा परिवारलाई पाँच-पाँच लाख दिने निर्णय सरकारले गरेको जानकारी दिए।

प्रधानमन्त्री ओली असोज ५ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तय भएको छ। राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ। त्यस्तै, समिट अफ द फ्युचर २२-२३ सेप्टेम्बर (६-७ असोज) मा हुने तय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.