यी हुन् १० देखि ५६ बैठकसम्म अनुपस्थित रहेका सांसदहरू

यी हुन् १० देखि ५६ बैठकसम्म अनुपस्थित रहेका सांसदहरू
फाइल तस्बिर

काठमाडौं : संसदको वर्षे अधिवेशनमा १४ जना सांसदहरू १० बैठकभन्दा बढी अनुपस्थित भएका छन्। विविध कारणले उनीहरू लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका हुन्।

संसद सचिवालयका अनुसार चार जना सांसद हिउँदे अधिवेशनभरि अर्थात् ५६ बैठकमा गयल थिए। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा, नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेत र मनोरमा शेरचन र नेकपा एमालेका वसन्तकुमार नेम्वाङ रहेका छन्। उनीहरू स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ। 

सचिवालयका अुनसार चारै जना सांसद स्वास्थ्य उपचारमा रहेका छन्। नेम्वाङको मस्तिष्कघातका कारण उपचारमा रहेको र शेरचनको थेरापी चलिरहेको सचिवालयको भनाइ छ। त्यस्तै गीता बस्नेत ४७ बैठक, कालुराम राई १८ बैठक, प्रकाशमान सिंह १७ बैठक, नारायण खड्का १६ बैठक, राजु थापा १० बैठक, डा. सुनिलकुमार शर्मा ११ बैठक, कान्तिका सेजुवाल १५ बैठक, प्रेमबहादुर महर्जन १० बैठक, गोकर्णराज विस्ट १२ बैठक र नारायण प्रकाश साउद १० बैठकमा अनुपस्थित थिए।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.