सुदूरपश्चिम प्रदेश : माओवादी र एकीकृत समाजवादीका सांसदले गरे बैठक बहिष्कार

सुदूरपश्चिम प्रदेश : माओवादी र एकीकृत समाजवादीका सांसदले गरे बैठक बहिष्कार
सुन्नुहोस्

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सोमबारको संसद बहिष्कार गरेका छन्। उनीहरूले कांग्रेस-एमालेको सरकारले संविधान विपरीत नयाँ बजेट ल्याउन लागेको आरोप लगाउँदै संसद बहिष्कार गरेका हुन्। 

सोमबार ३ बजे बसेको प्रदेशसभा बैठकमा असार १ गते प्रस्तुत भएको बजेट बक्तब्यसँग सम्बन्धित विनियोजन विधेयक २०८१ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ फिर्ता लिने र आर्थिक वर्ष २०८१/८२ को राजश्व तथा ब्ययको वार्षिक अनुमान (बजेट) परिवर्तित र परिमार्जन गरी सभामा प्रस्तुत गर्ने कार्यतालिका थियो।

सदनको कारबाही प्रारम्भ हुने वित्तिकै माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरूले उभिएर विरोध गरे। सभामुख भीमबहादुर भण्डारीले आफ्ना कुरा राख्न मनुमति दिएपछि पूर्व मन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले वर्तमान सरकारले संविधान र ऐन कानुन मिचेर नयाँ बजेट ल्याएकाले विरोध भएको बताएका थिए।

सदनमा उभिएर विरोध गरेपछि २० मिनेटका लागि सदन स्थगित गरिएको थियो। त्यसपछि पुनः बसेको प्रदेश सभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले पनि नयाँ सरकारले ल्याएको बजेटको विरोध जनाउँदै सदन बहिस्कार गरेका थिए। माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरू नाराबाजी गर्दै सदन बहिस्कार गरी बाहिरिएका छन्।
 
माओवादी र समाजवादी बाहिरिएपछि सभामुख भण्डारीले कार्यसूचीअनुसार सदनको कारबाही अगाडि बढाएका छन्। सदनमा असार १ गते प्रस्तुत भएको बजेट फिर्ता भएको छ भने आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले नयाँ बजेट प्रस्तुत गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.