पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्छ : मन्त्री पाण्डे

पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्छ : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाइ दुर्घटना सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस भइसकेको बताएका छन्। 

सोमबार सिंहदरबारमा आयोजित छलफलमा मन्त्री पाण्डेले हालसम्म भएका हवाइ दुर्घटनाको प्रतिवेदन अध्ययन गरी आगामी दिनमा अनुसन्धानलाई स्थायी संरचनाले नै अघि बढाउने गर उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको बताए। 

उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्ने उनको भनाइ छ। उनले नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयकसमेत मन्त्रिपरिषद्‍मा पेस भइसकेको बताए। 

मन्त्री पाण्डेले हवाइ दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए। उनले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढ्ने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.