क्यानडाविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक
काठमाडौं : आइसीसी लिग-२ अन्तर्गत क्यानडाविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक भएको छ। रोहित पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिने भएका छन्।
टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्।
ओन्टारियोको किङ सिटीमा नेपालले टस जितेर आयोजक क्यानडाविरुद्ध फिल्डिङ रोजेको छ।