रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भएको छ, तर चुनावमा हराउन सक्दैनन् : लामिछाने

रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भएको छ, तर चुनावमा हराउन सक्दैनन् : लामिछाने
सुन्नुहोस्

दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानले चुनावबाहेक अरु कहीँबाट रास्वपालाई लडाउन र हराउन नसक्ने जिकिर गरेका हुन्।

उनले दुईतिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चुप लागेर नबस्ने बताए। दुई दल मिलेर बनाइएको सरकारले जनताको पक्षमा काम गरेर नयाँ दलको आवश्यकता र औचित्यलाई गलत सावित गर्न सुझाव दिँदै दुई तिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चुप लागेर नबस्ने धारणा राखे।

सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको भन्दै उनले सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर नबस्ने र ढिलो–चाँडो सबैलाई रास्वपाले ठेगान लगाउने बताए।       null

सभापति लामिछानले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त नबुझेको बताए। सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको विषयलाई कतिपयलाई स्वीकार्य गाह्रो भएको उनको भनाई छ।

दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन्। पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिने रास्वपाले जनाएको छ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला बुधबार सकिने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.