खोलामा बेपत्ता वृद्धाको शव फेला

खोलामा बेपत्ता वृद्धाको शव फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 नुवाकोट : तादी खोलाले बगाएर बेपत्ता भएकी वृद्धाको शव फेला परेको छ। दुप्चेश्वर मन्दिरको दर्शन गर्न गएकी एक वृद्धा खोला तर्ने क्रममा बेपत्ता भएकी थिइन्। 

उनको खोजी गर्ने क्रममा खोलामा हराएको एक दिनपछि मंगलबार मृत शरीर फेला परेको हो। 

दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शनका लागि पुगेकी एक वृद्धाको तादी खोलामा स्नान गर्ने क्रममा सोमबार खोलाले बगाएकोमा उनको शव एक दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

नुवाकोटको सूर्यगढी-३ चोकदे घर भएकी ७३ वर्षीया होमकुमारी अधिकारीलाई दुप्चेश्वर गापा ७ ठुलोखेतबाट तादी खोलाले बगाइ बेपत्ता भएकी थिइन्। उनी दुप्चेश्वर ६ गौडापुलमा  तादी खोलाको ढुगामा अड्केको अवस्थामा मृत फेला परेकी प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए।

उनका अनुसार छोरासँगै दुप्चेश्वर पुगेकी वृद्धा अधिकारीलाई खोलामा स्नान गर्ने क्रममा तादी खोलाले बगाएको थियो। उनको खोजीमा स्थानीयवासी, सर्वसाधारण, आफन्त तथा परिवारजन, प्रहरी दुई दिनदेखि खटिएका थिए। 

स्नानको क्रममा खोलाले बगाएलगत्तै उद्धार र खोजतलास थालिएको थियो। यसअघि, खोलामा बगेर हराएकी वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन सुर्यगढी गाउँपालिकाले उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप ५० हजार रुपैयाँ नगद दिने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.