उत्कृष्ट कृषक तथा समाजसेवीलाई सम्मान

उत्कृष्ट कृषक तथा समाजसेवीलाई सम्मान
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जिल्लाका उत्कृष्ट कृषक तथा समाजसेवीलाई सम्मान गरेको छ। 

केन्द्रको ५८ औं स्थापना दिवसका अवसरमा मुस्ताङको लोघेकर दामोदरकुण्ड-१, चराङका कृषक टै ढिन्डुक ठकुरी र घरपझोङ-२ मार्फाका बिष्णुराज हिराचन सम्मानित भएका हुन्।

सरकारी स्वामित्वमा रहेको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कृषि फलफूल तथा तरकारी बालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै लोघेकर -१ चराङ स्थित लुम्बिनी कृषि तथा पशुपछी पालन फार्मका सफल कृषक एवं वडाध्यक्ष टै ढिन्डुक ठकुरीलाई केन्द्रले नगद  ५ हजार पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो।

केन्द्रको स्थापना कालदेखि वर्तमानकालसम्म निरन्तर अभिभावकीय एवं रचनात्मक तथा सृजनात्मक सहयोग पुर्‍याएको भन्दै घरपझोङ-२ मार्फाका समाजसेवी एवं पूर्व जिवस सभापति विष्णराज हिराचनलाई केन्द्रले दोसल्ला ओढाएर सम्मान गरेको हो।

केन्द्रले उत्कृष्ट कार्यसम्पादन तथा  प्रशंनीय सेवा पुर्‍याएको उल्लेख गर्दै आफ्ना २ जना महिला कर्मचारीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.