अर्बिट इन्जिनियरिङ एक्स्पोलाई अन्नपूर्ण मिडियाको साथ

अर्बिट इन्जिनियरिङ एक्स्पोलाई अन्नपूर्ण मिडियाको साथ
सुन्नुहोस्

काठमाडौं : युवा इन्जिनियरहरूले आयोजना गरेको अर्बिट इन्जिनियरिङ एक्स्पोको मिडिया पार्टनरमा अन्नपूर्ण मिडिया नेटवर्क रहने भएको छ । एक्स्पोको आयोजक इन्जिनियर्स भ्लग्स् (इभी नेटवर्क प्रालि) र अन्नपूर्ण मिडिया नेटवर्कबीच सहकार्य सम्झौता भएको हो ।

मंगलबार अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तिनकुनेस्थित कार्यालयमा आयोजित एक समारोहका बीच उक्त सम्झौता  भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्क सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रमिला रजक र इभी नेटवर्क प्रालिका अध्यक्ष आशुतोष कर्णले हस्ताक्षर गरेका छन् ।

स्कुलदेखि मास्टर लेभलसम्म अध्ययनरत रहेका इन्जिनियर संकायका विद्यार्थी यो एक्स्पोमा सहभागी हुनेछन् ।‘युवा विद्यार्थीहरूले आफ्ना क्षमता त्यो एक्स्पोमा देखाउन पाउनेछन्,'कर्णले भने, ‘इन्जिनियरिङ विद्यामा उनीहरूले उत्पादन गरेका प्रोडक्टहरूसहित क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा समेत गर्न पाउँछन् ।’

उनका अनुसार एक्स्पोमा परियोजना प्रर्दशनी,रोबर्ड फुटबल, रोबर्ड संग्राम, पेपरब्रिज प्रतियोगिता, ह्याकाथुनसहित सांकृतिक कार्यक्रम हुनेछन् । मंसिर २१ गतेदेखि सञ्चालन हुने उक्त एक्स्पो २३ गते सम्म चल्नेछ । यो एक्स्पोमा बिजेता हुनेले नगद पुरस्कार पाउनेछन् । एक्स्पोमा भारत, पाकिस्तान, बंगलादेशलगायतका सार्क मुलुकबाट प्रतिस्पर्धी सहभागी हुनेछन् ।

नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.