समानुपातिक निर्वाचन प्रणालीमा समस्या छ, अझ समावेशी बनाउनुपर्छ : सभापति देउवा

समानुपातिक निर्वाचन प्रणालीमा समस्या छ, अझ समावेशी बनाउनुपर्छ : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको खिलाफ नहुने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन हुने बताए। 

प्रजातन्त्र स्थापना भएको धेरै वर्ष बिते पनि अझै कार्यान्वयनमा आउन नसकेको देउवाको भनाइ छ। 'ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ। संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ। तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन,' सभापति देउवाले भने। 

उनले संविधान संशोधनलाई सुधारका रूपमा बुझ्न आग्रहसमेत गरे। ओली र आफूले लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै आएको उनको भनाइ छ। 'साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलोपटक जेलमा भेटेको हुँ। हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं। यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ। हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं,' देउवाले भने।

सभापति देउवाले प्रादेशिक संरचनामा पनि कुनै फेरबदल नहुने प्रष्ट पारे। प्रदेशलाई अझ बढी उत्तरदायी बनाउने कुरामा आफूहरूको सहमति रहेको उनले बताए। 'प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ। यसलाई बढी प्रभावकारी बनाउनुपर्छ,' उनले भने।

उनले समानुपातिक निर्वाचन प्रणालीमा भने संशोधन हुनसक्ने संकेत गरे। राजनीतिबाट अहिले पनि कतिपय समाज टाढा रहेकाले समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिने उनको भनाइ छ। 'समानुपातिक निर्वाचन प्रणालीमा समस्याचाहिँ छ। कतिपय समुदायलाई चुनाव जित्न गाह्रो छ। राजनीतिलाई अझ बढी समावेशी बनाउन आवश्यक छ,' उनले भने।

उनले महिलाका सबालमा अझ बढी समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने बताए। उनले नेपाली समाज अहिले पनि विभाजित रहेको र इतिहासमा भएका गल्तीहरूलाई सच्याउँदै लैजानुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.