प्री ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको चौथो कारोबार दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढेर २५८४.३४ विन्दुमा पुगेको छ।
यो समयमा ३७ वटा स्क्रिप्सको २ हजार ९९७ कित्ता सेयर १४ लाख ३५ हजार ७५४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।