सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु
तस्बिर : अन्नपूर्ण

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बिहान भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

बरुण दोभानबाट खाँदबारी आउने क्रममा खाँदबारी–किमाथांकका सडक खण्डको समटारमा दुर्घटना भएको हो । दुर्घटनामा खाँदबारी खाँदाबरी नगरपालिका–८ बिष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

खाँदबारी आउने क्रममा रहेको खाली ट्याक्टर भीरबाट ३ सय मिटर तल खसेको थियो। मृतकको शव निकाल्ने क्रमममा रहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने प्रहरी निरीक्षक लामिछानेले बताए । 

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.