सिमलताल दुर्घटनामा ज्यान गुमाएका बस चालकका दुई छोरालाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था

सिमलताल दुर्घटनामा ज्यान गुमाएका बस चालकका दुई छोरालाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था
सुन्नुहोस्

वीरगन्ज : चितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एन्जल डिलक्स बसका चालक जवाहीर महतोका दुवै छोराको निःशुल्क पठनपाठनको व्यवस्था वीरगन्ज महानगरपालिकाले गरेको छ। 

चितवनको सिमलतालमा असार २८ गते खसेको पहिरोले त्रिशूली नदीमा खसेर बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बेपत्ता भएको थियो। उक्त दुर्घटनामा एन्जल डिलक्स बसका चालक वीरगन्ज–१६ का जवाहीर महतोसहित ६२ जनाको ज्यान गएको थियो।

बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महतोका दुई छोरा श्याम कुशवाहा महतो र बिट्टु कुशवाहा अध्यनरत वीरगन्ज–१६ नगवास्थित सनलाइट माविमा पुगेर दुवै जनाको १२ कक्षासम्मको अध्ययनको जिम्मा महानगरपाालिकाले लिने गरी व्यवस्था मिलाएका हुन्। महतोका जेठा छोरा श्याम कक्षा ४ मा र कान्छा छोरा बिट्टु यूकेजीमा अध्ययनरत छन्। 

बुधबार विद्यालयमै पुगेर मेयर सिंहले विद्यालयका प्रधानाध्यापक आलोक चौरसियालाई भेटेर दुवै बालकको १२ कक्षा कक्षा सम्मको पठनपाठन निःशुल्क गरिदिन र त्यसका लागि आवश्यक प्रबन्ध महानगरपालिकाले गर्ने बताएको मेयर सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए। 

महानगरका मेयर सिंहको आग्रहमा दुवै बालकहरुलाई कक्षा १२ सम्म अध्ययन निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक चोरसियालेपनि बताए। यसअघि दुर्घटना भएको ४ दिनपछि साउन २ गते  मृतक  महतोको घरमै पुगेरपनि मेयर सिंहले महतोका छोराछोरीको पठनपाठनको जिम्मा महानगरपालिकाले लिने वाचा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.