इटहरीमा विद्युतीय नगर बस सञ्‍चालनमा, ज्येष्ठ र अशक्त नागरिकलाई निशुल्क यात्रा

इटहरीमा विद्युतीय नगर बस सञ्‍चालनमा, ज्येष्ठ  र अशक्त नागरिकलाई निशुल्क यात्रा
इटहरीमा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस । तस्बिर : रत्नप्रसाद आचार्य

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाले आफ्ना नागरिकहरूको सुविधालाई मध्यनजर गर्दै चारवटा विधुतीय नगर बस सञ्चालनमा ल्याएको छ । बुधबार  एक कार्यक्रमको आयोजना गरी  इटहरीका मेयर हेमकर्ण पौडेलले नगरबसको उद्घाटन गरेका हुन्। बस सञ्‍चालनमा आएको अवसरमा  दुईदिन  (आज र भोलि) सर्वसाधारणलाई निशुल्क सेवा दिएको छ।

नगरबसको सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी  भएको मेयर पौडेलको भनाइ छ । इटहरीका ग्रामिण भेगमा बस्ने जनतालाई सहरसँग जोड्न सहज बनाउने उद्देश्यले नगरबस सञ्चालनमा ल्याएको उनले बताए । नगरबस सञ्चालनमाआएपछि स्थानीयले ठाउँठाउँमा फूलमालाले स्वागत गरेका थिए।  ​​​​​​नगरबसमा ज्येष्ठ  नागरिक र अशक्तलाई निशुल्क यात्राको व्यवस्था गरिएको छ।

बस अत्याधुनिक र सुविधा सम्पन्न भएको र स्थानीय तहहरूमध्ये यो बस खरिद गर्ने इटहरी उपमहानगर पहिलो भएको मेयर पौडेलको दाबी छ । नगरबस अपाङ्ग मैत्री भएको भन्दै शारीरिक अपाङ्गता भएकाहरू समेत उत्साहित भएका छन् ।

उपमहानगरले चारवटा बस ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए।

बसको सेवा शुल्क २० रुपैयाँ  तोकिएको छ । बस बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन गरिने इटहरी उपमहानगरपालुकाका प्रेस संयोजक धनबहादुर पुरीले बताए । इटहरीको धरान-विराटनगर सडकमा तरहरादेखि वडा नम्बर १३ को अरिहन्त मल्टिफाइवर्ससम्म,पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नम्बर १० टावर हुँदै वडा नम्बर ११ खेटीपुल ,नहरको बाटो हुँदै इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली सम्म बसको रुट तोकिएको छ ।  त्यस्तै, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी र  लविपुर, वडा नम्बर १६, वडा नम्बर १५ को चाँदवेला सीमाना हुँदै वडा नम्बर १७ कार्यालय र कान्छी चोक हुँदै इटहरीसम्म  बस सेवा  सञ्चालन  गरिने मेयर पौडेलले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.