बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला

बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला
सुन्नुहोस्

काठमाडौं : जीडब्लुएम नेपालले बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ। यसमा लक्जरी ७ सिटर एसयुभी ट्यांक 500 र ५ सिटर एसयुभी ट्यांक 300 समावेश छन्। जसमा एचइभी प्रविधि समावेश गरिएको छ। ट्यांक ब्रान्डले पहिलोपटक २९ अगस्ट २०२१ मा Chengdu Auto Show मा डेब्यु गरेको थियो। चीनमा भने १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। यसको विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

ट्यांक ब्रान्ड जीडब्लुएमको उच्चस्तरीय अफरोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयुभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्दछ। यसको लोगोमा रहेका "T" र "U" अक्षरहरूले गहिरो अर्थ बोकेको छ। "T" ले ट्यांक ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने "U" ले प्रयोगकर्ता (USER) र एकता (UNITED) को प्रतीक हो।

ट्यांक 500 र ट्यांक 300 मोडलहरूलाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्डजस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ।

जीडब्लुएम को नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राख्दछ। जीडब्लुएम ले नयाँ, भरपर्दो, र उच्च-गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै "अफ-रोडभन्दा बढी" अनुभव प्रदान गर्छ। ट्यांक 300 र ट्यांक 500 नेपालमा २.०L टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन्, जसमा ९-स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८KW पिक पावर र ६४८ nm टर्क प्रदान गर्छन्। ट्यांक 300 को मूल्य NPR १,८५,००,०००/- (एक करोड पचासी लाख) र ट्यांक 500 को मूल्य NPR २,२५,००,०००/- (दुई करोड पच्चीस लाख) छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.