बागमती प्रदेशमा मनाइयो संविधान दिवस

बागमती प्रदेशमा मनाइयो संविधान दिवस
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाएको छ । बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । प्रदेश सरकारको आयोजनामा हेटौँडा बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

 प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहितको उपस्थितिमा भएको प्रभातफेरी हेटौंडाको सिमाचोक,बुद्धचोकहुँदै मुख्यमुख्य चोकहरूको परिक्रमा गरी मन्त्रिपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले जनताका प्रतिनिधिहरूले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ वर्ष पूरा भएको भन्दै देश तथा विदेशमा रहेका आम नेपालीहरलाई शुभकामना दिए । 

उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने समेत बताए ।  प्रमुख देवकोटाले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको संविधान जारी भएको भन्दै भावी पुस्ताले आजको दिनलाई ऐतिहासिक उत्सवको रुपमा मनाउनुपर्ने बताए । 

कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले संविधानको मर्मअनुसार कार्यसम्पादन गर्नुपर्ने बताए । उनले राष्ट्रलाई सामाजिक न्यायसहित आर्थिक समिद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरुको भएको भन्दै तदनुरुप प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गरे । 

कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी, सुरक्षा निकायका अधिकारी, राजनीतिक प्रतिनिधि व्यक्तित्वहरू विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । प्रभातफेरीमा सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाहरुले ब्यान्डबाजासहित विभिन्न जातीय तथा सांस्कृतिक  झाँकी प्रस्तुत गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.