सिटी स्क्यान सेवाबाट सर्वसाधारणलाई लाभ

सिटी स्क्यान सेवाबाट सर्वसाधारणलाई लाभ
सुन्नुहोस्

नुवाकोट : त्रिशूली अस्पतालले सञ्चालन गरेको ‘सिटी स्क्यान’ सेवाबाट सर्वसाधारण लाभान्वित भएका छन्। 

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान मेसिन (उपकरण) जडान गरिएसँगै छोटो अवधिमा यसको सेवा लिनेहरू बढिरहेको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। गत असार २० गतेदेखि अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको थियो।

नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार सेवा प्रदान गर्दै आइरहेको त्रिशूली अस्पतालमा हालसम्म दुई सय ९४ जनाको ‘सिटी स्क्यान’ गरिएको डा. लामाले बताए। उनका अनुसार टाउको, पेट र छातीको ‘सिटी स्क्यान’ सेवा लिनेहरू धेरै रहेका छन्। 

उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानका लागि प्रभावकारी मानिने निर्देशक डा. लामाको भनाइ छ। 

अस्पतालले सिटी स्क्यान सेवा उपभोगका लागि रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर तीन हजार देखि  आठ हजारसम्म शुल्क निर्धारण गरेको छ। त्रिशूली अस्पतालले टाउकोको तीन हजार, पेटको पाँच हजार र छातीको चार हजार रुपैयाँ शुल्क लिने गरेको छ। 

उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले एक हजारभन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन्। सुविधा सम्पन्न भौतिक संरचनामा अत्याधुनिक उपकरणको सहायता मार्फत दक्ष एवं अनुभवी चिकित्सक मार्फत प्रवाह हुने सेवाले अस्पताललाई निरन्तर उत्कृष्ट अस्पतालको उपाधि प्राप्त गरेको छ। यस अस्पतालका नुवाकोट सहित रसुवा, धादिङ लगायतबाट दैनिक पाँच सय भन्दा बढी बिरामीले सेवा प्राप्त गर्दै आएका छन्।

त्रिशूली अस्पतालले विभिन्न प्रकृतिका शल्यक्रिया गरेर स्थानीयस्तरमै सेवा प्रदान गरिरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.