पार्टीहरूले नेता छान्ने प्रणालीबारे विधान परिमार्जन गर्नुपर्छ : रवि लामिछाने

पार्टीहरूले नेता छान्ने प्रणालीबारे विधान परिमार्जन गर्नुपर्छ : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताएका छन्।

संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताए।

दुई तिहाईको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए। उनले अहिलको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने बताए। पैसाको बलमा चुनाव जित्ने प्रवृतिले सदन पूर्णरूपमा सक्रिय हुन नसकेको उनको भनाइ छ। लामिछानेले राष्ट्रियसभालाई विद्वानहरूको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। संविधानको सबल पक्ष समावेशी र समावेशीता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए।

उनले संविधानलाई पूर्णरूपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए। लामिछानले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.