सत्ता गठबन्धनकै विद्यार्थी संगठनबीच विवाद हुँदा कृषि विश्वविद्यालय २० दिनदेखि ठप्प, परीक्षा प्रभावित

सत्ता गठबन्धनकै विद्यार्थी संगठनबीच विवाद हुँदा कृषि विश्वविद्यालय २० दिनदेखि ठप्प, परीक्षा प्रभावित

चितवन : सामान्य भनाभनको विषयले राजनीतिक रंग लिएपछि रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। 

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भातृसंगठनबीच द्वन्द्व चर्किने मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ। अघिल्लो साँझमा पढाई सकेर जान लागेका साथीको बिदाईमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला भएको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवाद भोलिपल्ट उग्ररुप लियो। 

लाठी, ढुङ्गा, रडसहित आक्रमण उत्रिए। अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्को एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न इकाई र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गरे। नेविसंघको भनाईमा एक पक्षीय आक्रमण झडप होइन, सुनियोजित आक्रमण थियो। 

‘यहाँ दोहोरो झडप भनिउको छ। कोठामा चुक्कुल लगाएर बन्धकजस्तो बनाए। हामी साथी लिन जाँदा ढुंगा लाठीसहित आक्रमण गरे। एउटाको आँखामा ढुंगाले हानेर आँखा फोरेका छन्। यस्तो अवस्थामा कसरी पढ्न सकिन्छ,’ नेविसंघ अध्यक्ष निकेश शर्माले भने, ‘ज्यानभन्दा ठूलो पढाई होइन। सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो। आक्रमणकारीलाई कारबाही नभएसम्म ताला खोलिँदैन।’

भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंघा होस्टलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टलमा रहेका अनेरास्ववियुबीच भनाभन भयो । भोलिपल्ट १३ गते दिउँसो साढे तीन बजे धौलागिरीमा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टलमा रहेका अनेरास्ववियुले एक्कासी आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ।

'हामी पढ्न आएको हो। होस्टलमा बसेका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाउँदा पनि विश्वविद्यालयले उनीहरूलाई कारबावाही गरेको छैन। हाम्रो माग भनेको दोषी कोहो छर्लङ्ग छ। उनीहरूलाई निस्कासित नगरेसम्म ताला खोल्दैनौं,’ नेविसंघका स्पर्ष नहर्कीले भने। 

अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा पाँचौं सेमेस्टरमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनाका संलग्न रहेको आरोपमा महेश खड्का, उकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्। यस विषयमा बुझ्न खोज्दा आरोपी भनिएका सक्षम काफ्ले सम्पर्कमा आउन चाहेनन्। 

विश्वविद्यालयका उपकुलपति प्राडा. पुयण्प्रसाद रेग्मीले सरोकारवालासँग छलफल र संवाद भएको बताए। ‘हामीले बनाएको आन्तरिक छानबिन समितिले पनि प्रतिवेदन दिएको छ। तर, कारबाहीका लागि हाम्रो दायरा नभएकाले प्रधानमन्त्री, गृह र शिक्षामन्त्रीलाई जानकारी गराएको छु। जिल्लामा पनि सरोकारपक्षसँग संवादमै छौं,’ उपकुलपछि डा. रेग्मीले भने, 'फेरि झडप नहोस्, पठनपाठन राम्रोसँग सुरू होस् भनेर त्यसको वातावरण तयार गर्न हामी लागेका छौं।’

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा छलफल गरेर समाधानको पहल गरेको बताए। ‘हामीले विश्वविद्यालयसँग छलफल गरेर टुंगो नलागेपछि असोज ५ गते शनिबार जिल्ला प्रशासनमा बैठक राखिएको छ,’ उनले भने, ‘व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यो बैठकले टुंगो लगाउने आशा गरेका छौं।’ आन्दोलनका कारण विश्वविद्यालयको विभिन्न तहको परीक्षा प्रभावित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.