उदयपुरमा नगर अस्पताल सञ्चालन

उदयपुरमा नगर अस्पताल सञ्चालन
सुन्नुहोस्

उदयपुर : त्रियुगा नगरपालिकाले पाँच शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ। बढ्दो जनसंख्या र जिल्ला अस्पतालमा आउने बिरामीको चापलाई मध्यनजर गर्दै नगरपालिकाले वडा नम्बर ५ देउरीमा नगर अस्पताल सञ्चालनमा ल्याएको हो।

यसअघि प्राथमिक स्वास्थ्य चौकीको रूपमा सेवा प्रवाह हुँदै आएकोमा नगरपालिकाले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन पछि अस्पतालमा बढोत्तरी गरेको हो। तीन जना मेडिकल अधिकृतबाट सेवा प्रवाह सुरु भएको अस्पतालको बिहीबार संविधान दिवसको अवसरमा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत उद्घाटन गरे।

मेयर बस्नेतले भने, ‘नगर अस्पताललाई चाहिने दक्ष जनशक्ति, पूर्वाधार लगायतको आवश्यक मापदण्ड पूरा भएर सुरु गरेका हौं। यसको दिगोपना र गुणस्तरीयताका लागि नगरपालिकाले थप लगानी गर्छ।’ उनले नगर अस्पताल नगरपालिकाको गहना र अभिन्न अंग भएकाले यसको संस्थागत विकासमा कहीँ कतै शंका नगर्न आग्रह गरे।

उपमेयर महेश्वरी राईले नगर अस्पताल नगरपालिकाको गौरवको योजना भएकाले निकट भविष्यमा बिरामीको चापलाई मध्यनजर गरी विशेषज्ञ सेवा प्रवाह गरिने बताइन्। उनले भनिन्, ‘जनताको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने संविधानद्वारा पदत्त अधिकार भएकाले अस्पतालबाट नगरपालिकाको वडा नं ३,४,५,६,७,८ र छिमेकी जिल्ला सप्तरीवासीमा समेत सेवा पुग्ने छ।’

नगर अस्पतालमा हाल दुई जना छात्रवृति र एकजना नगरपालिकाबाट गरी तीन मेडिकल अधिकृत, दुई जना हेल्थअसिस्टेन्ट, तीन जना सिनियर अहेव, पाँच जना अनमी, एक जना फार्मेसी, २ जना ल्याब टेक्निसियन रहेको स्वास्थ्य शाखाका सहायक प्रमुख उपेन्द्र कार्कीले बताए।

अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, इनडोर, प्रसूति, सुरक्षित गर्भपतन, भिडियो एक्सरे, प्रयोगशाला, फार्मेसी, परिवार नियोजन लगायतको सेवा उपलब्ध हुने उनले बताए। सोही अवसरमा नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाइले अपांगता भएका सात जनालाई हेयरीङ मेसिन, चार जनालाई ट्वाइलेट कुर्सी, तीन जनालाई वाकिङ लौरो र एक जनालाई कान सुन्ने मेसिन प्रदान गरिएको बताए।

कार्यक्रममा अन्नपूर्ण अंग्रेजी विद्यालयका बालबालिका र अन्य स्थानीय कलाकारहरुले झाँगर समुदायको नृत्य, कौडा, थारु, दनुवार समुदायको भेषभुषासहितको नृत्यहरू प्रस्तुत गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.