प्रदर्शन उत्रिएका जनमत पार्टीका जिल्ला अध्यक्षसहित ६ जना पक्राउ

प्रदर्शन उत्रिएका जनमत पार्टीका जिल्ला अध्यक्षसहित ६ जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : संविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै वीरगन्जमा बिहीबार साँझ प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घण्टाघर चोकमा जनमत पार्टीका नेता कार्यकर्ताहरूले संविधान संशोधनका लागि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका बेला प्रहरीले जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफसहित ६ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ, केन्द्रीय सदस्य सीमा गुप्ता, युवा नेताहरू सन्जय सिंह, सन्जय साह, चञ्चल साह र रामबाबु चौरसिया रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

घण्टाघर चोकमा संविधान दिवसको दिन संविधान संशोधनको माग राख्दै आफूहरूले शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेका बेला प्रहरीले दमन गर्दै आफूहरूलाई पक्राउ गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफले टेलिफोनमा जानकारी दिए। उनले प्रहरीको यो रवैया निन्दनीय रहेको पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.