सिएफ मोटो तथा जिहोको दशैं-तिहार योजना सार्वजनिक

सिएफ मोटो तथा जिहोको दशैं-तिहार योजना सार्वजनिक

विश्व विख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालका लागि आधिकारिक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिक गरेको छ।

हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु प्रतिक्षित र सबैभन्दा रुचाइएको सिएफ मोटो को ४५० एमटी बाइकको खरिदमा एिएस२ हेल्मेट निःशुल्क प्रदान गरिने छ। यस बाइकको मजबुद डिजाइन, दमदार प्रदर्शन तथा आकर्षक स्टाइलिङ्गले सु-सज्जित छ। ४५० एमटीको अग्रिम बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ। 

यस्तै गरी सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेको खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरु प्रदान गरिने छ।

विश्वभरिकै २ पाने इभि रुपान्तरणमा आक्रामक रुपमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ। एई४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यास ब्याक अफर राखिएको छ। 

यस्तै एई६+ खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा २० हजार रुपैयाँ नगद छुट मध्ये एक छनौट गर्न सकिनेछ। साथै एई८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरु सँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ।

यो पर्व लक्षित योजना १ असोजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ। र साथै यो योजना अवधिभर सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्याकंन सहित एक्सचेञ्ज सुविधा पनि पाउनेछन्। 

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बिक्रीपश्चातका सेवाहरू प्रदान गर्न ऋषि ट्रेड सेन्टरले शोरुम सञ्जाल विस्तार तथा स्पेयर पार्टस्‌को उपलब्धतामा पनि विशेष ध्यान दिँदै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.