सोरुङ्गछविसे आमा–छोरा हत्या प्रकरणका आरोपित सार्वजानिक गर्दै प्रहरी

सोरुङ्गछविसे आमा–छोरा हत्या प्रकरणका आरोपित सार्वजानिक गर्दै प्रहरी
सुन्नुहोस्

उदयपुर : उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपित पक्राउ परेका छन्। १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपित पक्राउ गरी शुक्रबार दिउँसो सार्वजानिक गर्ने तयारी गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीनाथ योगीले भने, ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरी एउटा निष्कर्षमा पुगेको छ, जसलाई हामी केही बेरमा आरोपितसहित सार्वजानिक गर्दै छौं।'

भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय एक युवाबाटै भएको अनुसन्धानबाट खुलेको प्रमुख अनुसन्धान अधिकृत डिएसपी राजन चापागाईले बताए। उनका अनुसार घटनास्थलबाट पहिलोचरणको अनुसन्धान पूरा गरी बिहीबार बेलुका अनुसन्धान टोली फर्किएको छ। 

‘आरोपितलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी हाम्रो टोली जिल्ला फर्किएको छ,' डिएसपी चापागाईले भने, ‘मृतकको मोबाइल र हत्यामा सम्लग्न रहेको खुकुरी फेला परेको थिएन, आज बिहान बयानबाट खुलेपछि प्रहरीले सबै दशी प्रमाण फेला पारेको छ।' 

प्रमाण लिएर आउन समय लाग्ने भएकाले सार्वजानिक गर्न ढिलाइ भएको उनले बताए। प्रहरीले शुक्रबार नै आरोपितलाई जिल्ला अदालतमा उपस्थिति गराइ म्याद थप गरी थप अनुसन्धान प्रकृया अघि बढाउने चापागाईले बताए। 

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो बिवाह गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.