बृहत् रक्तदान शिविरमा १ हजार बढीले गरे रक्तदान

बृहत् रक्तदान शिविरमा १ हजार बढीले गरे रक्तदान
सुन्नुहोस्

वीरगन्ज : पर्सा र बारामा सञ्चालन गरेको बृहत् रक्तदान शिविरमा १ हजार १२७ पोका रगत संकलन भएको छ। 

तेरापंथ युवक परिषदले सञ्चालन गरेको १ हजार १२७ जनाले रक्तदान गरेका हुन्। भदौ २५ देखि सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको परिषद् वीरगन्जका अध्यक्ष लोकेश जैनले बताए। 

११ दिने शिविरमा १ हजार ५०० पोका रगत संकलन गर्ने लक्ष्य रहे पनि गर्मीका कारण रक्तदाताको कमी भएकाले उक्त लक्ष्य पूरा गर्न नसकिएको अध्यक्ष जैनले बताए।  

संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले  सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा जम्मा गरिएको अध्यक्ष जैनले बताए। 

परिषदले यसअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एक दिने रक्तदान कार्यक्रममा ४ सय २३ पोका रगत संकलन भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.