अन्नपूर्ण पोस्टलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड

अन्नपूर्ण पोस्टलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड
सुन्नुहोस्

काठमाडौं : शिक्षा पत्रकार समूह (ईजेजी)ले रजत वर्ष २०८०/८१ का अवसरमा ३ विधामध्ये छापामार्फत अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड प्रदान गरेको छ। 

अन्नपूर्ण पोस्टले शिक्षाको गुणस्तर वृद्धि र यसको विस्तारका लागि वस्तुनिष्ठ समाचार तथा विचार विश्लेषण प्रस्तुत गर्दै आएको र नीतिगत निर्णयहरू लगायतका अन्य विषय सन्दर्भमा सम्बन्धित निकायलाई झक्झक्याउने तथा उजागर गर्ने कार्य गर्दै आएकाले पुरस्कृत गरिएको शिक्षा पत्रकार समूहले जनाएको छ। 

‘शिक्षाका महत्वपूर्ण सन्दर्भहरूमा र विविध विषयहरूमा यस पत्रिकाले केन्द्रीय स्तरसँगै स्थानीय रिपोर्टरहरूमार्फत पनि निरन्तर गरेको योगदानको कदर गर्दै पत्रपत्रिकातर्फ राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकलाई अर्पण गर्दछौं,’ समूहले प्रदान गरेको प्रमाणपत्रमा भनिएको छ । 

यसैगरी टेलिभिजनतर्फ कान्तिपुर र रेडियोतर्फ रुपन्देहीको रेडियो मुक्ति पुरस्कृत भएका छन्। यसै क्रममा समूहले ४ वटा पुस्तक विमोचन, ११ जना शिक्षाविद् र १० जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ। एक जनालाई कदरपत्र प्रदान गरिएको छ। 

समूहले पुरस्कार तथा सम्मान कोषका दाता एवं शिक्षासेवी नारायणप्रसाद राईलाई कदरपत्र वितरण गरेको छ । समारोहमा महामारीमा शिक्षा (कोरोना कालको अवस्थाको पठन पाठनको अवस्था, प्रविधिको प्रयोगको अवस्था), शिक्षाका सारथी (छानिएका २५ प्रधानाध्यापक), विद्यालय चित्र (शैक्षिक अभ्यास नियाल्ने आँखीझ्याल) र शिक्षा चित्र(स्थानीय तहको शैक्षिक प्रयास नियाल्ने आँखीझ्याल) पुस्तक विमोचन गरिएको छ । 

रजत वर्षका अवसरमा ११ जना विज्ञ सल्लाहकारमा पूर्व उपकुलपति केदारभक्त माथेमा, प्राडा. विद्यानाथ कोइराला, प्राडा. हृदयरत्न बज्राचार्य, प्राडा. मनप्रसाद वाग्ले, डा. सुमनकोमल तुलाधर, प्राडा. विनय कुसियैत, डा. विष्णु कार्की, प्राडा. सुसन आचार्य, प्राडा. नन्दबहादुर सिंह, डा. मीनबहादुर बिष्ट र डा. रघु मैनालीलाई सम्मान गरिएको छ। यसै अवसरमा पूर्व अध्यक्षहरू राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, भूपराज खड्का, नारायण अमृत, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, दिपक दाहाल, रोश्ना सुब्बा, तुलाराज अधिकारीलाई सम्मान गरेको छ। 

रजत वर्ष विशेष कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तक विमोचनसँगै पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.