कोरला नाकामा बल्यो बिजुली

कोरला नाकामा बल्यो बिजुली
सुन्नुहोस्

जोमसोम : उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो।

यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले विद्युत प्रसारण लाइनको काम सम्पन्न गरेको थियो। कोरला नाकामा अध्यागमन कार्यालय र सुरक्षा पोस्ट स्थापना गर्ने तयारी स्वरुप विद्युत प्रसारण लाइन र मोबाइल टावर तथा इन्टनेटरको पहुँच पुर्‍याउने पहल धमाधम भइरहेको मुस्ताङका प्रजिअ जनकराज पन्तले जानकारी दिए। 

‘नाकामा अध्यागमन र अस्थायी सुरक्षा पोस्ट राख्ने तयारी छ, त्यसैका लागि हामीले अथक प्रयास गरेर आवश्यक पूर्वाधार निर्माणको काम थालिसकेका छौं’, प्रजिअ पन्तले भने, ‘केही हप्ताको प्रयासपछि कोरला नाकामा विद्युत प्रसारण लाइन विस्तार गरी बिजुली बाल्न सकेका छौं। अब मोबाइल र इन्टरनेट जडान गर्ने कार्य समेत भइरहेको छ।’

प्रजिअ पन्तले कोरला नाकामा अध्यागमन र भन्सार कार्यालयलाई विद्युत र मोबाइल नेटवर्क आवश्यकता पर्ने भएकाले त्यसको व्यवस्थापनमा जुटेको जानकारी दिए। नाकाको अस्थायी संरचनामा विद्युत वायरिङ जडान गरी बत्ती बलेको प्रजिअ पन्तले उल्लेख गरे।

मुस्ताङको उत्तरी कोरला नाकामा गत कात्तिक २७ गते चीनले औपचारिक रुपमा उपल्लो मुस्ताङका दुई पालिकालाई खुला गरेसँगै कोरला नाकामा उपल्लो मुस्ताङीको आउजाउ बढेको छ। नाका खुला भएपछि उपल्लो मुस्ताङीले वैकल्पिक रोजगारी प्राप्त गरेका छन्। नाकामा केहीले त्रिपाल टाँगेर व्यापार व्यवसाय समेत चलाएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.