चितुवाको छालासहित एक जना पक्राउ

चितुवाको छालासहित एक जना पक्राउ
सुन्नुहोस्

बझाङ : बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। शुक्रबार साँझ थलारा गाउँपालिका-८ गन्डाउनीका खगेन्द्रराज जोशी चितुवाको छालासहित सदरमुकाम चैनपुर बजारबाट पक्राउ परेका हुन्। उ

उनको साथबाट टाउकोदेखि पुच्छरसम्मको लम्बाइ  ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रंगको बुट्टा भएको दाँत र पञ्जासहितको चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनलाई प्रहरी निरीक्षक किशोर जोशी खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा हातमा बोकेको सिमेन्टको बोराभित्र लुकाएर चैनपरमा हिँडिरहेको पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि उनलाई जिल्ला कार्यालयको हिरासतमा राखिएको पनि प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.