बिना लगानी शेयर लिनु भ्रष्टाचार हो, रवि लामिछानेले अनुचित काम गरे : शंकर पोखरेल

बिना लगानी शेयर लिनु भ्रष्टाचार हो, रवि लामिछानेले अनुचित काम गरे : शंकर पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचार गरेको बताएका छन्। आज घोराहीमा भएको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरेका हुन्। 

पोखरेलले सहकारी छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुले क्लिन चिट पाएको भन्दै हिँड्नु गैरजिम्मेवारपना भएको बताए।

‘गोरखा मिडिया प्रालिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन्। रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो। त्यहि अन्य राजनीतिक दलले गरेको भए के गर्थे भने के हुन्छ ? आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी/ साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन। बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो।’

null

बिना लगानी शेयर पाउने कुरा अनैतिक भएको उनको टिप्पणी छ। लामिछानेले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए। सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको उनको भनाई छ। ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो।’ पोखरेलले भने,‘ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.