दिल्लीको मुख्यमन्त्री बनिन् अतिशी

दिल्लीको मुख्यमन्त्री बनिन् अतिशी
सुन्नुहोस्

नयाँ दिल्ली : दिल्लीका मुख्यमन्त्रीमा अतिशी मर्लेना नियुक्त भएका छन्। उनले शनिबार मुख्यमन्त्री पदमा सपथ पनि लिएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अतिशीलाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले सपथ खुवाएका हुन्। उनले आजै मन्त्रिपरिषद् गठनसमेत गरेकी छन्। उनले कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतलाई मन्त्री बनाएकी हुन्। उनीहरूले पनि आजै सपथ लिए।

असोज १ गते आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। जेलबाट निस्किएका उनले दिल्लीका जनताले पुनः नजिताएसम्म आफू मुख्यमन्त्री नबन्ने घोषणासमेत गरेका थिए।

केजरिवालले राजीनामा दिएपछि आम आदमी पार्टी विधायक दलको बैठकले अतिशीलाई दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.