अन्नपूर्णकर्मी भण्डारीलाई घण्टीमाई सहकारी पत्रकारिता सम्मान

अन्नपूर्णकर्मी भण्डारीलाई घण्टीमाई सहकारी पत्रकारिता सम्मान
सुन्नुहोस्

सिमराः अन्नपूर्ण पोष्टका बारा संवाददाता दिवाकर भण्डारी घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित भएका छन्। घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभामा भण्डारी सम्मानित भएका हुन्। 

जितपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई सहकारीले पाँच हजार नगद राशीसहित यो वर्षको सहकारी पत्रकारिता सम्मान भण्डारीलाई प्रदान गरेको हो। अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक सञ्चालक सदस्य मिनराज कँडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतले पत्रकार भण्डारीलाई सम्मान गरेका थिए। 

भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा १६ वर्षदेखि कार्यरत छन्। पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढंगले योगदान पुर्याएको उल्लेख गर्दै घण्टीमाई सहकारीले भण्डारीलाई सम्मान गरेको हो। भण्डारी यसअघि हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानबाट सम्मानित भइसकेका छन्। 

औराहस्थित देवाश्रममा आयोजित साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.