गाउँमा धमाधम हुलाक स्थापना

गाउँमा धमाधम हुलाक स्थापना
सुन्नुहोस्

नुवाकोट : सरकारले एक स्थानीय तह एक हुलाक कार्यालय नीति लागू गरेको छ। यसअघि स्थानीय तहमा हुलाक कार्यालय नहुँदा सर्वसाधारणलाई समस्या परेको थियो। 

सरकारले सेवाग्राहीको सुविधाका लागि प्रत्येक स्थानीय तहमा एक/एक हुलाक कार्यालय स्थापना गर्ने नीति अगाडि सारेको हो। सोही अनुसार नुवाकोटका स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने कार्य सुरु भएको छ। 

आधुनिक कम्प्युटर प्रणालीसहितको हुलाक कार्यालयको नुवाकोटका स्थानीय तहमा स्थापना गर्ने कार्य भइरहेको जिल्ला हुलाक कार्यालय नुवाकोटले जनाएको छ। यसबाट सर्वसाधारणलाई चिठ्ठी पत्र आदानप्रदान, पार्सल लगायत कार्यका लागि सुविधा भएको निमित्त हुलाक अधिकृत गोपालप्रसाद अधिकारीले बताए। 

एक पालिका एक हुलाक कार्यालयको अवधारणा अनुसार नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिकामा स्थानीय तह हुलाक कार्यालय स्थापना गर्ने कार्य सुरु भएको अधिकारीले बताए। उनका अनुसार स्थानीय तहसँग समन्वय र परामर्श गरेर हुलाक स्थापना गर्ने कार्य सुरु गरिएको हो। 

बेलकोटगगढी नपाको बाघखोर, विदुर नपाको विदुर, लिखु गापाको थानसिङ, सूर्यगढी गापाको चोकदेमा हुलाक कार्यालय स्थापना गरिएको छ। अन्य स्थानीय तहमा समेत हुलाक कार्यालय यही महिनाभित्र स्थापना गरिसकिने जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.