११ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बको सेयर कारोबार
काठमाडौं : सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले बढेर ४६३.४३ विन्दुमा अडिएको छ।
यसदिन ३२५ स्क्रिप्सको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले बढेको बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इस्टर्न हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
यसदिन रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.६५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो।
एलएलजी इन्स्योरेन्स कम्पनीको १४ करोड,नेपाल फाइनान्सको १२ करोड, हिमालयन रिइन्स्योरेन्सको १२ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१३८ स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो भने ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
यसदिन ८ वटा समूहको उपसूचक बढ्दा ५ वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक १.०१ प्रतिशतले बढ्यो।