ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसलको विजेता
नेपाल राष्ट्र बैंक कर्मचारी संघले आयोजना गरेको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।
संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए। उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागी रहेका थिए।
अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ।
उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो। ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए। साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन।
साथै आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेकी छिन।
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ।
अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो। यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो।