पूर्व डीआईजी छविलाल जोशी पक्राउ

सहकारीको बचत रकम दुरूपयोग सम्बन्धि प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

सहकारीको बचत रकम दुरूपयोग सम्बन्धि प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। आज गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम पौडेलले गृहसँग सम्बन्धित विषयहरूमा आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा प्रतिवदेन पठाइएको जानकारी दिए। छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरिसकेकाले गृहे आवश्यक कारबाहीका लागि निर्देशन दिएको उनको भनाई छ।

समितिका संयोजक सूर्य थापाले गत गत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गरेका थिए। नागरिकको बचत सहकारीहरूले हिनामिना गरेको भन्दै लामो समयदेखि संसद् अवरुद्ध भएपछि २०८१ जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो। भदौ २२ गतेसम्म समितिलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिए पनि प्रतिवेदन लेखन नसकिएपछि थप १५ दिन समय थपिएको थियो। समितिले ६ दिन अगाडि नै अन्तिम प्रतिवेदन संसदमा पेस गरेको थियो। 

समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ। 

संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व डीआईजी छविलाल जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ।   सांसद सूर्यबहादुर थापा नेतृत्वको छानबिन समितिले जिबी राई र छविलाल जोशीसँगै लामिछानेलाई जिम्मेवार ठहर गर्दा विभिन्न पक्षबाट विश्लेषण गरेर प्रतिवेदन तयार भएको छ। ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाला हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ।’ समितिको प्रतिवेदनमा भनिएको छ,‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’

गृहको निर्देशन पाएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज जोशीलाई पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.