माछा मार्न गएका युवक सेतीमा बेपत्ता
बझाङ : बझाङमा माछा मार्ने क्रममा ढुंगामा चिप्लिएर युवक सेती नदीमा बेपत्ता भएका छन्। जयपृथ्वी नगरपालिका-९, रिठापाठाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बगेर बेपत्ता भएका हुन्।
आइतबार बेलुका ४:५० बजे माछा मारिरहेका नेपाली ढुंगाबाट चिप्लिएर सेती खसेका थिए। उनको खोजीमा स्थानीय र प्रहरी खटिएका छन्।