प्रेस काउन्सिलद्वारा पत्रकार पुरस्कृत

पुरस्कार पाउनेमा ५ अन्नपूर्णकर्मी, प्रधान सम्पादक भण्डारीलाई गोपालदास पुरस्कार

प्रेस काउन्सिलद्वारा पत्रकार पुरस्कृत
सुन्नुहोस्

काठमाडौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिक उत्सवका अवसरमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी सहित ४ जना अन्नपूर्णकर्मी र एकजना एपीवानकर्मी सम्मानित भएका छन्। 

null

अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई १ लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

यस्तै अन्नपूर्ण पोस्ट्का सुदूरपश्चिम ब्युरोप्रमुख शिवराज भट्टलाई २० हजार राशिको सशक्त पत्रकारिता पुरस्कार, जाजरकोटका अन्नपूर्ण संवाददाता राजेन्द्र कार्की, कालीकोटका संवाददाता भरत विष्टलाई क्रियाशील पत्रकारिता पुरस्कार र एपीवानकर्मी निरजराज जोशीलाई विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। 

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो। null

त्यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका पत्रकार बद्री सिग्देललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ। 

काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो। 

पत्रकार सिग्देलले विसं २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेल र सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गरेका थिए। काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गरेको थियो।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.