असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ हुने

असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ हुने
सुन्नुहोस्

काठमाडौं : दसैं–तिहार नजिकिँदै गर्दा अत्यधिक सवारी यात्रालाई सुरक्षित बनाउन सरकारले सडकका सबै अवरोध हटाउने भएको छ। सरकारले राष्ट्रिय राजमार्गमा भएका अवरोध हटाउने र सञ्चालन भइरहेका स्तरोन्नति कार्य तत्काललाई रोक्ने निर्णय गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालका अनुसार यही असोज १० गतेसम्म राष्ट्रिय राजमार्गमा भएका सबै अवरोध हटाएर सडक खुला गरिनेछ। दसैंमा घर जाने यात्रुलाई सुरक्षित यात्रा गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग मातहत सबै जिल्लाका राष्ट्रिय राजमार्ग सफाइ गरिरहेको छ। सडकमा भइरहेका काम तत्काललाई रोक्ने र सडकमा थुपारिएका निर्माणका सामान हटाइँदै छ। बाढी पहिरो तथा वर्खायाममा बिग्रिएको सडक पुनर्निर्माण गरेर चिटिक्क बनाउन लागिएको हो। 

प्रवक्ता ढकाल भन्छन्, ‘दसैं तिहारका अवसरमा सामान्य दिनभन्दा डबल मानिसले सडक यात्रा गर्छन्। हरेक दिन करिब ५० हजार मानिसले राजधानी भित्रने र छाड्ने गर्छन् भने, दसंै–तिहारमा दैनिक एक लाख यात्रुले राजधानी छाड्ने गर्छन्। यसले गर्दा पनि ७७ वटै जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरू धमाधम सफा गरिँदैछ। १० गतेभित्र कुनै पनि हालतमा सडकको अवरोध हटाउन विभागलाई निर्देशन दिएको ढकालले बताए। यातायात मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर एक लाख किलोमिटर बढी सडक निर्माण भएका छन्। यसमध्ये ६० हजार किमीमिटर सडक अहिले सञ्चालनमा छन्।

यसअन्तर्गत करिव १३ हजार किलोमिटर दूरी भएको सडक मात्रै यातायात मन्त्रालय अन्तर्गत रहेको छ। यो सडक अवरोध विहीन बनाउनका लागि विभागले धमाधम काम गरिरहेको छ। यातायात व्यवस्था विभागसँग सडक मर्मतका लागि व्यवस्थीत साम्रागी रहेका छन्। २६५ वटा साधनहरू छन्। राष्ट्रिय राजमार्गमा पर्ने हरेक सडकको प्रत्येक ३ किलोमिटरमा एकजना ‘लेन्सम्यान’ सडक मजदुर खटाइएको छ। सडकको अनुगमन गर्न र सुसासन कायम गर्नका लागि पनि मन्त्रालयले सरोकारवाला ट्राफिक प्रहरी, स्थानीय सरकार लगायतसँग समन्वय गरिरहेको छ। 

केही दिनअघि प्रदेशका यातायात मन्त्री, सचिव र सरोकालवाला सहित भएको वैठकमा चाडवाडलाई लक्षित गरेर सबै सडकहरू चुस्तदुरुस्त बनाउने निर्णय भएको थियो। प्रदेश मातहतमा रहेका सडकहरू प्रदेश सरकारले र स्थानीय सरकार मातहतमा रहेका सडकहरू स्थानीय सरकारले नै निर्माण र मर्मत संभार गरिरहेका छन्। घटस्थापनासम्म देशका सबै सडकमा रहेका अवरोध हट्नेछ। 

१२ गतेदेखि अग्रिम बुकिङ खुला

यातायात व्यवस्था विभागका प्रबक्ता ईश्वरी दत्त पनेरु दसैं–तिहारका अवसरमा घर जाने यात्रुहरूले टिकट लिनका लागि अग्रिम बुकिङ खोलिने जानकारी दिए। उनी भन्छन्, कहिलेदेखि खोल्ने विषयमा मन्त्रालय तथा विभागमा पटक–पटक छलफल भइरहेको छ। यातायात व्यवसायीहरूसँगको वार्तामा यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको छ। हामीले १/२ दिनमा निर्णय सार्वजनिक गछौंं।

यही शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच अग्रिम वुकिङ खोल्ने विषयमा छलफल भएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यावसायिका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको थियो।  विगत ३ वर्षदेखि सार्वजनिक सवारीको भाडा नबढेको कारण छठ पर्वको एक हप्तापछि भाडा समायोजन गरिनेछ। यस्तै लामो तथा छोटो 
दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण गरिनेछ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.