देउखुरीमा व्यवस्थित सहर बनाउने योजना अघि बढाउँदै लुम्बिनी सरकार

देउखुरीमा व्यवस्थित सहर बनाउने योजना अघि बढाउँदै लुम्बिनी सरकार

दाङ : लुम्बिनी सरकारले प्रदेश राजधानी देउखुरीमा सहर निर्माणका लागि लगानी खोज्ने भएको छ। सुन्दर र व्यवस्थित सहर निर्माणका लागि तयार पारिएको गुरु योजनाअनुसार राजधानी क्षेत्रमा सहर निर्माणका लागि लगानी खोज्न लागिएको हो। 

एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमूना सहर निर्माणका लागि लगानीको खोजी सुरु गरेको हो। पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।

राजधानी सहर निर्माणका लागि चाहिने स्रोतको खोजी भइरहेको छ। ऋण लिएर भए पनि जग्गा एकीकरण, सहर निर्माणको कामलाई तीव्रता दिने योजनामा प्रदेश सरकार छ,' मुख्यमन्त्री आचार्यले भने, 'यसका लागि मुख्य गरी स्थानीय, राजनीतिक दल, जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ। उहाँहरूको प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तिको प्रक्रिया थाल्छ।'

प्रदेश सरकारको बजेटले राजधानी सहर निर्माण धान्न नसक्ने उनको भनाइ छ। यसका लागि दातृ निकायहरूको साथ र सहयोग अपरिहार्य छ। यही कारण प्रदेश सरकार लगानी खोज्ने अभियानमा लागेको उनले बताए।

यसैबीच लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भाबी योजनाको बारेमा सरोकारवाला पक्षसँग छलफल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरूको विशेष उपस्थितिमा राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भाबी योजनाबारे छलफल गरिएको छ। 

राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीलगायत सरोकारवाला पक्षसंग राजधानी सहर निर्माणबारे छलफल र सुझाव संकलन गरिएको छ। जग्गा एकीकरणको कामले गति लिनुपर्ने, सरकारले लिएको लक्ष्यअनुसार छिटो सहर निर्माणको काम अघि बढाउन सरोकारवालाले सुझाव दिएका थिए। 

संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी सरकारको मात्रै नभएर राजधानी क्षेत्रका स्थानीय बासिन्दाहरूको रहनुपर्ने बताए। ‘राजधानी व्यवस्थित गर्ने जिम्मेवारी राजधानीबासीको पनि हो। भविष्यका पुस्तालाई सुविधायुक्त जीवन र सुविधा सम्पन्न सहर सुम्पिने दायित्व सबैको रहन्छ संस्थापक मुख्यमन्त्री पोख्रेलले भने, ‘कसैले त्याग नगर्दा सम्म राम्रो सहर बन्न सक्दैन। भर्जिनल्याण्डमा आउनुको कारण आधुनिक सहर निर्माणको उद्देश्य हो। अव्यवस्थित र समस्याग्रस्त राजधानी सहर चाहिएको छैन। सहर निर्माणबारे अब हामीले दृष्टिकोणमा बदल्न जरुरी छ। 

१४ प्लट निर्माण
प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार जग्गा एकीकरणको काम अघि बढेको छ। एक हजार विघा जग्गालाई १४ वटा प्याकेजमा बाँडेर नमूना प्लट निर्माणको काम अघि बढेको प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए। जग्गा एकीकरणको कामलाई तीव्रता दिन, पूर्वाधार निर्माण गर्न स्रोतको अभाव रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.