स्याङ्जामा २०७ जनामा डेंगी संक्रमण पुष्टि

स्याङ्जामा २०७ जनामा डेंगी संक्रमण पुष्टि
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा भदौ अन्तिम दिनसम्म २ सय ७ जनामा डेङ्गीको संक्रमण देखिएको छ। यो तथ्यांक जिल्ला अस्पतालसहित जिल्लाका १० पालिकाको हो।  

चालु आर्थिक वर्षको २ महिनामा जिल्लाका १० वटा पालिका र जिल्ला अस्पताल समेत गरी २ सय ७ जनामा डेगी संक्रमित भएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ। 

ल्याब अधिकृत पृथ्वी लामिछानेका अनुसार साउन महिनामा ८२ जना संक्रमित थिए। यहाँका ११ पालिका मध्ये फेदिखोला गाउँपालिका बाहेक सबै पालिकामा संक्रमित भेटिएका छन्।  

पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये गल्याङ्मा सबैभन्दा धेरै ५७ जनामा संक्रमण पुष्टी भएको छ। यसपछि क्रमशः भीरकोट नगरपालिकामा ४१ जना, जिल्ला अस्पताल स्याङ्जामा २७ जना, वालिङ नगरपालिकामा २२ जना, चापाकोट नगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी पुतलीबजार नगरपालिका र कालीगण्डकी गाउँपालिकामा ११/११ जना, अर्जुनचौपारीमा ७ जना, हरिनास गाउँपालिकामा ५, बिरुवा र आँधीखोला गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टी भएको छ।  

साउन महिनाको तुलनामा भदौ महिनामा डेङ्गी संक्रमण ह्वात्तै बढेको देखिएको छ। संक्रमित  लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। विशेषगरी पोथी एडिज नामको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। डेङ्गीबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईको सुझाव छ। 

तस्बिर : भवानी अधिकारी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.