बागमती प्रदेशको खेल विज्ञमा दिपक श्रेष्ठ मनोनीत

बागमती प्रदेशको खेल विज्ञमा दिपक श्रेष्ठ मनोनीत

हेटौंडा : बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनीत गरेको छ। मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन्। 

श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुक्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्री महर्जनले बताए। 

खेलाडीहरूको हकहितका लागि लामो समयदेखि काम गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठ २०४९ सालदेखि खेलकुद क्षेत्रमा क्रियाशील छन्। 

दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई पटक स्वर्ण पदक विजेता श्रेष्ठले सक्रिय खेलाडीबाट अवकासपश्चात् पनि राष्ट्रिय टिम प्रशिक्षकको जिम्मेवारी बहन गरी राष्ट्रको लागि पदक जित्ने सफल खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएका छन्। उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर बढाउने तथा संरचनागत र जनशक्ति विकासको कार्यक्रमलाई तीब्रता दिइने श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.