विराटनगरको आगलागीमा करिब डेढ करोडको क्षति

विराटनगरको आगलागीमा करिब डेढ करोडको क्षति

विराटनगर : विराटनगर महानगरपालिका-२ मुनालपथस्थित भब्या इन्टरनेशनल इलेक्ट्रिक सो-रुममा बुधबार दिउँसो आगलागी भएको छ। 

आगलागीमा करिब डेढ करोड बराबरको क्षति भएको अनुमान प्रहरीको छ। प्रहरीका अनुसार विद्युतीय २ पांग्रे सवारीसाधन (इलेक्ट्रिक साइकल, सीटी सफारी) बिक्री गर्दै गरिँदै आएको पसलमा दिउँसो २:४० बजेतिर आगलागी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीलाई १ घण्टाभन्दा बढी समय लाग्यो। पूर्वतिरबाट हावा चलेका कारण आगो तत्काल नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ। 

आगो नियन्त्रणमा सहजीकरण गर्नका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीमा साइकल ८० वटा, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेर ध्वस्त भएको जानकारी दिए। 

उनका अनुसार विद्युतबाट चल्ने साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन। भब्या इन्टरनेशनल सञ्चालक मनिष वंशलले आगलागीबाट सो-रुम ध्वस्त भएको जानकारी दिए। उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको बताए। उनका अनुसार आगोले पसल पूर्णरूपमा ध्वस्त भएको छ। 

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन्। ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी डीएसपी बस्नेतले दिए। 

आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए। नजिकै रहेको विराटनगर महानगरपालिकाको दमकल खबर गरेको १ घण्टापछि मात्रै आइपुगेको स्थानीय बताउँछन्। यसैबीच, कोशी राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन संचालनमा समस्या भएको थियो। राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो। जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन संचालन हुन सकेनन्। घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन संचालनमा सहजीकरण गरेका थिए।

आगलागी भएको भब्या इन्टरनेशनलसँगै बजाज सो–रुम पनि जोडिएको थियो । प्रहरीका अनुसार आगोले बजाजको सो-रुममा समेत क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.