अवैध मार्बल लोड गरिएको ट्याक्टर नियन्त्रण

अवैध मार्बल लोड गरिएको ट्याक्टर नियन्त्रण

विराटनगर : मोरङको सुवनर्षीबाट प्रहरीले तस्करीको अवैध मार्बल लोड गरिएको एउटा ट्याक्टरलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सुनवर्षी नगरपालिका–५ झुँगी टोलस्थित भित्री सडक खण्डमा को २ त ६४४२ नम्बरको ट्याक्टरबाट अवैध मार्बल बरामद भएको बताए। भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाइछिपाइ ल्याउँदै गर्दा दिउँसो १ बजेतिर मार्बल बरामद भएको उनले बताए। 

तस्करी गरेर मार्बल ल्याइएको विशेष सूचनाका आधारमा ट्याक्टर नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा टोली खटिएको थियो। टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा सनपाटले माथिबाट छोपेर ट्याक्टरमा लोड गरी मार्बल ल्याइएको फेला परेको हो। 

डीएसपी बस्नेतका अनुसार ८५ वटा काटुनमा प्याक गरेर ल्याइएको ३ सय ४० पिस मार्बल र १६ मन (१ मनको ४० किलोग्राम) सनपाट बरामद भएको छ। मार्बल १ लाख ३६ हजार र सनपाट ६० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ। 

ट्याक्टर चालक रंगेली नगरपालिका–६ का ६० वर्षीय रामनारायण सरदारलाई प्रहरीले पक्राउ गरेको छ। डीएसपी बस्नेतले ट्याक्टरमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध मार्बल र सनपाट फेला परेपछि ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको बताए। उनका अनुसार चालकले आवश्यक कागजात देखाउन नसकेपछि मार्बल र सनपाट तस्करीको रहेको पत्ता लागेको हो।

प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर, बरामद गरिएको मार्बल र सनपाटसहित पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ। ट्याक्टर र मार्बल कसको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.