मुम्बइमा भारी वर्षा : धेरै ठाउँ डुबानमा, विद्यालय र कलेज बन्द

मुम्बइमा भारी वर्षा : धेरै ठाउँ डुबानमा, विद्यालय र कलेज बन्द

नयाँ दिल्ली : भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र डुबानमा परेका बीबीसी समाचारमा उल्लेख छ। 

वर्षाको कारण स्थानीय ट्रेनहरू रोकिएको थियो। मुम्बई आउने कम्तिमा १४ उडानहरू डाइभर्ट गर्नुपरेको जनाइएको छ।

भारतीय मौसम विभागले मुम्बई र यस आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८:३० बजेसम्म रेड अलर्ट जारी गरेको छ।

भारी वर्षाका कारण बृहन्मुम्बइ महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।

लगातारको वर्षाको कारण, सेप्टेम्बर २५ मा थानेको मुम्ब्रा नजिकै राती साढे ९ बजे पहिरो गएको थियो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो ।

मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ।

पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.