सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ६० हजार ७ सय
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार प्रतितोला सुन १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।