पश्चिमी देशहरूमा आणविक आक्रमण गर्ने पुटिनको चेतावनी

रुसलाई बचाउन आणविक आक्रमण आवश्यक रहेको उनको भनाइ

पश्चिमी देशहरूमा आणविक आक्रमण गर्ने पुटिनको चेतावनी
फाइल तस्बिर।

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई आणविक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले यसअघि पनि पटकपटक आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए । यसपटक उनले आणविक नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन्।

 
बीबीसी रिपोर्टका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकमा उनले सरकार आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम परिवर्तन गर्न लागेको बताएका छन्।

पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने उल्लेख गरे। यसमा रूस विरुद्ध भइरहेको मिसाइल वा ड्रोन हमलाविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ। रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्ने र रूसले आणविक हतियारहरू प्रयोग गर्न सक्ने उनले बताए।

उनले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले गरेको आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको पनि बताए ।


आणविक नीतिमा परिवर्तन अहिलेको आवश्यकता भएको पुटिनले बताएका छन्। 

युक्रेनले रुसमा लामो दुरीको हमला गर्ने मिसाइल प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागिरहेको समयमा पुटिनको यो भनाइ आएको हो। पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

बेलायतले युक्रेनलाई Storm Shadow र American Army Tactical Missile System (ATACMS) मिसाइल दिएको छ । यी लामो दूरीका घातक क्षेप्यास्त्र हुन्, जसले करिब ३०० किलोमिटरसम्मको लक्ष्यसम्म प्रहार गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.