सप्तकोशीमा बस खस्यो

सप्तकोशीमा बस खस्यो
फाइल तस्बिर

विराटनगर : यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ। केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

उनका अनुसार यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ। ‘बस खस्यो भन्ने जानकारी आएको छ। हामी घटनास्थलतर्फ जाँदै छौं। थप केही खुलेको छैन,’ तिवारीले भने।

विराटनगरबाट यात्रु लिएर जनकपुरतर्फ जाँदै गरेको बस नदीमा खसेको हुनसक्छ। साँझ ६:०५ बजेतिर बस खसेको हो।

सप्तरी प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट बस खसेको जानकारी आएको छ, बसमा १५–२० जना यात्रु रहेको  उनले बताए। ‘बससँगै यात्रु नदीमा खसेको जानकारी आएको छ,’ उनले भने,’ विराटनगरबाट जनकपुर जाँदै गरेको बस खसेको जानकारी छ।’

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.